पाँच जना सांसदले साथ छाडेसँगै जसपाको ठाकुर पक्ष कमजोर बन्दै


काठमाडौँ, २ श्रावण । जनता समाजवादी पार्टी (जसपा) का पाँच जना सांसदले आफ्नो समूह परिवर्तन गरेका छन् । जसपाका पाँच सांसदले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादव पक्षतिर लागेका हुन् । यसरी यादव पक्षतिर लाग्ने सांसदहरूमा अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव रहेका छन् ।

यसअघि ठाकुर पक्षमा रहेका उनीहरू यादव पक्षतिर लाग्नेसाथ पार्टीको कार्यकारिणी समितिमा झैँ संसदीय दलमा पनि यादव पक्ष बलियो बनेको छ । जसपाका सांसदहरूको कित्ता परिवर्तनले देउवा सरकारलाई विश्वासको मत लिनेक्रममा पाँच जना सांसद थपिएका छन् ।

यससँगै विपक्षी गठबन्धनमा १२८ पुगेको छ । एमालेको माधव नेपाल पक्षको सहयोग नलिँदा पनि विश्वासको मत लिन देउवालाई अब थप ८ जना सांसदको खाँचो रहनजान्छ । 

प्रतिक्रिया दिनुहोस्