लेटाङमा भ्यान दुर्घटना : चार जना घाइते, एकजनाको अवस्था भने गम्भिर


लेटाङ, १ श्रावण । मोरङको लेटाङमा भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा भ्यान दुर्घटनामा उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । 

कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले  जनाएको छ । 

खतिवडासहित सबै घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्