काठमाडौँ, ३१ असार । नेकपा एमालेले शुक्रवारका लागि संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवारका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक शुक्रवार दिउँसो ३ बजेलाई संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा डाकिएको छ । भोलिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद लाईसमेत सूचना पठाइएको छ ।
एमालेकै नेपाल –खनाल पक्षका २६ जना सांसदको सहयोगमा ओली नेतृत्वको सरकार हटाएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि नेकपा एमालेले पहिलो पटक संसदीय बैठक बोलाउन लागेको हो ।