‘अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त हुनु दुःखद कार्य हो’ नारायणमान बिजुक्छे


 काठमाडौँ, ३१ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त हुनु दुःखद कार्य रहेको बताएका छन् ।  समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । 

पुराना बामपन्थी नेताको रूपमा चिनिने बिजुक्छेले भने, ‘सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्र विपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।’

बिजुक्छेले संसद्को सर्वोच्चतालाई समाप्त पार्ने खेल भइरहेको बताए । उनी सम्मानित अदालतले यसलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क राख्छन् । यो सब हुनुमा उनी नेपालका राजनैतिक दल नै दोषी रहेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्