विद्यार्थीको आन्दोलन पछि पेट्रोलियम पदार्थको मूल्य घटाइयो


काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधवार आन्दोलनरत विद्यार्थीहरूसँगको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

मूल्यवृद्धिको विषयलाई लिएर नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँ लगायतका विभिन्न पाँच वटा विद्यार्थी सङ्गठनहरू आन्दोलनमा थिए । निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको जनाएको छ । 

अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्