कोरोना सङ्क्रमण दर बढ्दो : पछिल्लो २४ घण्टामा २,९०५ नयाँ सङ्क्रमित थपिए


काठमाडौँ, ३० असार । कोरोना सङ्क्रमण दर पछिल्ला दिनमा झन्डै दोहोरो अङ्कले बढिरहेको पाइएको छ । नेपालमा पछिल्लो २४ घण्टामा २,९०५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । जवकि सोही अवधिमा १,६०६ जना मात्र कोरोना सङ्क्रमण मुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा २,९०५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । हाल देशभर २६ हजार ६४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा सङ्क्रमित पत्ता लाग्ने दर १९.२ प्रतिशत छ । हालसम्म पिसिआर र एन्जिजेन परीक्षण गर्दा ७ लाख ६,७६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २४ हजार ७११ जना सङ्क्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्