‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झन्डा चाहिन्न, केवल काम चाहिन्छ’ अर्थमन्त्री शर्मा


कोरोना खोप खरिदका लागि थप पाँच अर्ब निकासा

काठमाडौँ, ३० असार । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफू आफू मानिसको अनुहार, जात वा राजनैतिक पार्टी हेरेर काम नगर्ने बताएका छन् । आज (बुधवार) बाट पदभार गर्दै उनले उक्त कुरा बताएका हुन् । मङ्गलवार बेलुका मात्र मन्त्री पदको शपथ लिएका शर्माले आज बिहानै अर्थ मन्त्रालयमा पदभार  ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले आफू मात्र काममा विश्वास गर्ने हुँदा कर्मचारीलाई काम गर्दा रङ्ग, जात, आस्था नहेर्न आग्रह गरेका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झन्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

पदभार ग्रहण गरेकै दिन अर्थ मन्त्री शर्माले कोरोना खोप खरिदका लागि थप पाँच अर्ब निकासा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्