नेपाली काँग्रेसका नेता गच्छदार विशेष अदालतमा उपस्थित


काठमाडौँ, ३० असार । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियारको टोलीले बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । विशेष अदालतमा २०७६ माघ २२ गते मुद्दा दर्ता भएको थियो ।

गच्छदारविरुद्ध पछिल्लो पटक जारी गरेको ३० दिनको म्याद सकिए पछि उनी अदालतमा  बुधवार उपस्थित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्