काठमाडौँ, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्याउने भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्रीले आज ११ बजे सरकारी निवास छाड्ने र उनलाई युथफोर्सको टिमले स्कर्टिङ गरेर बालकोट पुर्याउने भएका छन् ।
सोमबारको सर्वोच्च अदालतको फैसलाले संसद विघटन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरे पछि मङ्गलवार देउवा देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भए पछि उनले सरकारी निवास छाड्न लागेका हुन् । बुधवार नै नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको सफल खाइसकेका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै युथफोर्सलाई ब्युँताइएको छ । माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को विरुद्धमा गठन गरिएको भनिएको यूथ फोर्स विघगटन गरिएको थियो ।