सर्वोच्चको फैसला पालना गर्छौँ : ओली


काठमाडौँ, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । आज सिंहदरवारमा देशवासीको नाममा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सर्वोच्चको फैसलामा आएका कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालका भए आफू त्यसको पालनामा पूर्ण कटिबद्ध रहेको प्रस्ट पारेका छन् । 

सर्वोच्चले संसद् पुनर्स्थापना गरेर २४ घण्टामा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारिगरेपछि प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै बालुवाटार छाड्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्