बागलुङ, २९ असार । विगत केही दिनदेखि पहिरोका कारण पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ ।मध्य पहाडी लोक मार्ग अन्तरगत पर्ने उक्त सडकमाथिबाट ठूलाठूला ढुङ्गासहित आएको पहिरोका कारण बाटो विगत ६ दिन देखि अवरुद्ध बन्दै आएको हो ।
पहिरो खुलाउन ब्रेकर हानेर ढुङ्गा फुटाउने प्रयास गरिए पनि त्यो कार्य असफल हुँदा सडक खुलाउन समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । यतिखेर विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गर्न सेनालाई जिम्मा दिइएको छ । सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमवारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको भए पनि ढुङ्गा पन्छाउने काम नसकिँदा अझैसम्म पनि बाटो खुल्न सकेको छैन ।
वर्षाले गर्दा पनि अवरुद्ध सडक खुलाउन समस्या भइरहेको बागलुङ ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिएका छन् ।