राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य


काठमाडौँ, २८ असार । सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

राष्ट्रिय सभाको अधिवेशन असार १७ गते सुरु भएको थियो । सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सँगै २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले जेठ सात दिनभित्र संसद् बैठक बोलाउनसमेत निर्देशन दिएको छ ।

सर्वोच्चको यस्तो निर्णय आएसँगै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्