देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक


काठमाडौँ, २८ असार । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीद्वारा भएको संसद् विघटनलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने निर्णय गरिदियो । सवोच्चले  संसद्को पुनर्स्थापना मात्र गरेन काँग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्त गर्नसमेत परमादेस जारी गर्‍यो । सर्वोच्चको यो फैसलासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक डाकेका  छन् । 

देउवाले ५ बजेका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । 

सर्वोच्चको पछिल्लो फैसलासँगै देउवालाई प्रधानमन्त्रीको रूपमा नियुक्त हुने बाटो खुले पनि एमालेमा भएको पछिल्लो १० बुँदे सहमतिले देउवालाई विश्वासको मत लिने पक्रियामा भने फलामको चिउरा चपाउनुसरह हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्