सर्वोच्चको निर्णयविरुद्ध युवा सङ्घको प्रदर्शन


काठमाडौँ, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनको बदर गर्दै शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्ति परमादेशको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले अदालतको फैसला नमान्ने भन्दै प्रदर्शन गरेका छन् ।

ओली निकट युवा सङ्घ माइतीघर मण्डलामा प्रदर्शन गर्दै सबै फैसला मानिँदैन लेखिएका ब्यानर देखाउँदै सर्वोच्च अदालत मुर्दावाद भन्ने नारासमेत लगाएका छन् । उनीहरूले राष्ट्रपतीलाई सर्वोच्चको निर्णय कार्यान्वयन नगर्नसमेत अनुरोध गरेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि प्रधानमन्त्रीको सिफारिसमा जेठ ७ मा मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद् पुरस्थापना गरिदिएको छ । 

प्रतिक्रिया दिनुहोस्