अमेरिकाले दिएको कोभिड विरुद्धको खोप काठमाडौँ आइपुग्यो


काठमाडौँ, २८ असार । अमेरिकी सरकारले नेपाललाई दिएको कोभिड विरुद्धको खोप काठमाडौँ आइपुगेको छ । कोरोना भाइरसविरुद्धको १५ लाख ३४ हजार ८५० डोज खोप सोमबार बिहान नेपाल आइपुगेको हो । 

कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका छन् ।

अमेरिकाबाट आएको यो खोप एक पटक मात्र लगाउँदा पुग्ने बताइएको छ । सरकारले प्राप्त खोप प्राथमिकताका आधारमा लगाउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्