झापामा आफ्नै डेरा नजिक युवतीको शव फेला


झापा, २८ असार । झापामा आफ्नै डेरा अगाडि एक जना युवतीको शव फेला परेको छ । सोमवार बिहान बिर्तामोड–५ की २६ वर्षीय सिर्जना बस्नेत आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले दिएको जानकारी अनुसार ती युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । मृतक बस्नेत सानो बुवाको घरमा परिवारसहित डेरामा बस्दै आएको बताइएको छ । 

युवतीको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्