काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पाटीबिचको एकीकरण अवैधानिक भएको भन्दै ती दुई पार्टी एकीकरण भई बनेको जसपाको खारेजीको माग गर्दै अदालतमा रिट दायर भएको हो ।
तत्कालीन राजपा उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरूले हालेको रिटमा निर्वाचन आयोग, तत्कालीन राजपा, पछि समाजवादी पार्टीसँग एकीकृत भई बनेको जनता समाजवादी पार्टी नेपाललाई विपक्षी बनाइएको छ ।
निवेदनमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पाटी (सपा) बिचको एकता नै संवैधानिक नभएको जिकिर गर्दै उक्त एकीकरण पश्चात् बनेको पार्टी जसपा खारेजीको माग गरिएको छ ।