सरकारको समर्थनमा राजधानीमा प्रदर्शन


काठमाडौँ, २७ असार । युवा सङ्घ र खेलकुद महासङ्घले सरकारको समर्थनमा राजधानीमा प्रदर्शन गरेका छन् । सत्तारुढ दल नेकपा एमालेनिकट युवा सङ्घ र खेलकुद महासङ्घ (नेकोस)ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सासहित आइतबार राजधानीमा प्रदर्शन गरेका हुन् । 

ओलीको डमीसहित निकालिएको र्‍यालीले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौँ, संविधानको कार्यान्वयन गरौँ’, ‘संवैधानिक सर्वोच्चता कायम गरौँ, व्यवस्था विरोधी कदम बन्द गरौँ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेको थियो । 

यसैबिच शनिवार पनि विराटनगरमा वी वान इलेकसन भन्दै अनेराश्ववियूले प्रदर्शन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्