‘सिंहदरबार मार्च’मा सहभागी भएका डेढदर्जन जति अभियान्ता पक्राउ


काठमाडौँ, २७ असार । सरकारले ‘सिंहदरबार मार्च’मा सहभागी भएका डेढदर्जन जति अभियान्ता पक्राउ गरेको छ । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्धको सिंहदरवार अगाडि प्रदर्शनमा उत्रिएका खगेन्द्र सङ्ग्रौलासहित डेढ दर्जन जति नागरिक अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ, राजेन्द्र महर्जन, अरुणदेव जोशी, शशी विक्रम कार्की, अरुण थापा, प्रणेतालगायतका रहेका छन् । ‘सिंहदरबार मार्च’ नाम दिइएको कार्यक्रम सुरु हुन नपाउँदै नागरिक अभियान्तालाई नियन्त्रणमा लिएर प्रहरीले कार्यक्रमलाई प्रभावित पारिदिएको छ ।

पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्