मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना : सतर्कता अपनाउन मौसम विभागको आग्रह


काठमाडौँ, २७ असार । मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । मनसुनी वायुको कारण आज पनि देशका धेरै स्थानमा मेघ गर्ज र चट्याङसहित वर्षा हुने भन्दै मौसापूर्वानुमान शाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको हो । 

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी देशका पाँच प्रदेशमा भारी वर्षा र केही स्थानमा भने मेघ गर्जन र चट्याङको सम्भावना रहेको जनाएको छ । 

अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट देशभरमा अहिलेसम्ममा ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । सयको हाराहारीमा घाइते रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्