कोरोना सङ्क्रमण दर बढ्दो : १,४३२ ले कोरोना जित्दा २,१६९ नयाँ सङ्क्रमित थपिए


बेलबारी, २६ असार । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेको देखाएको हो ।

यो क्रम दैनिक रूपमा बढ्दो क्रममा रहेको देखिन्छ । एक सातादेखि निरन्तर रूपमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको तथ्याङ्कले देखाउँछ । असार २३ गते १,३३३ ले कोरोना जित्दा २,२३९ नयाँ थपिएका थिए ।

त्यस्तै २४ गते १,२८६ ले कोरोना जित्दा १,८७५ र असार २५ गते १,३१६ ले कोरोनालाई परास्त गर्दा २,२३९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिको मृत्युदरमा भने केही कमी आएको देखिएको छ । २३ गते २८ जनाको मृत्यु भएकामा २६ गते सम्मा आइपुग्दा २२ जनामा आइपुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,४३२ ले कोरोना जित्दा २,१६९ नयाँ कोरोना सङ्क्रमित थपिएको बताएको छ । यो अवधिमा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएको थियो ।कोरोना सङ्क्रमणको दर घटेसँगै सरकारले देशैभर निषेधाज्ञालाई खुकुलो पार्दै आएको छ ।

निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमण दर बढेको, र यो अब अझ बढेर भयावह अवस्था पुग्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । त्यसो सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दै दैनिक जनजीवनलाई सहज बनाउने भनेर निषेधाज्ञा खुकुलो पारे पनि बजार तथा व्यवसायहरू मापदण्डविनै निर्बाध रूपमा चलिरहेका देखिन्छन् । केही स्थानका बजारलाई हेर्ने हो भने त देशमा कोरोनाको कुनै त्रास नै नरहेको जस्तो भान हुन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्