प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै : मेलम्ची र हेलम्बुका बाढीपीडितलाई भेट्ने कार्यक्रम


काठमाडौँ, २६ असार । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाँदैछन् । त्यहाँ बाढीपीडितहरूसँग भेटेर अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रधानमन्त्रीले १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने र त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । 

बाढी पहिरोबाट देशभरमा अहिलेसम्ममा ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । सयको हाराहारीमा घाइते रहेका छन् । बेपत्ता हुनेमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमै रहेका छन् । सिन्धुपाल्चोकको बाढी पहिरोमा परेर २० जना अझैँ हराइरहेका छन् । 

आजै प्रधानमन्त्री ओलीले मेलम्चीको अवलोकनसमेत गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्