बेलबारी, २५ असार । बेलबारी नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ६७५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगिसकेको छ । मृत्यु भएकोमा १२ जना महिला र १० जना पुरुष रहेका छन् ।
जम्मा सक्रिय ३२० रहेको छ भने ३५५ जना निको भएका छन् । बेलबारीको कोरोना संक्रमितको वृद्धिदर हेर्ने हो भने गम्भीर परिस्थिति निम्तिन सक्ने प्रभव सम्भावना देखिन्छ । बिहीबार मात्र एकै दिनमा ३० जना संक्रमणको पुष्टि भएको छ ।
बेलबारी स्वास्थ्य शाखाका अनुसार ९८ जनाको स्वाब टेस्टमा ३० जना संक्रमित पुष्टि भएको हो । बेलबारीको ११ वटा वडाहरू मध्य १, २, ३ र ११ बढी कोरोना प्रभावित बनेको छ ।
वडा नं. १ मा संक्रमित संख्या ९१, वडा नं. २ मा ७६, ३ वडा नं. ३ मा ८९ र वडा नं. ११ मा ६१ जना पुगिसकेको छ । अहिले वडा नं. ११ मा सक्रिय संख्य बढी भएकोले शिल गरिएको छ ।