आफैले चलाएको कार दुर्घटनामा परी झापाका युवा नेता प्रसाईँको मृत्यु


झापा, २५ असार । आफैले चलाएको कार दुर्घटनामा परेर नेकपा एमाले झापाका युवा नेता ज्ञानु प्रसाईँको मृत्यु भएको छ । प्रसाईँ आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार चन्द्रगढीस्थित देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउन्डको वालमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले दिएको जानकारी अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका प्रसाईँको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थियो । दुर्घटनामा परेर उनी सवार रहेको कारमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

मृतक प्रसाईँ बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईँका श्रीमान् हुन् । 

प्रतिक्रिया दिनुहोस्