बाढी–पहिरो र डुबानबाट ठूलो मानवीय तथा भौतिक क्षति


बाढी –पहिरो र डुबानमा परेर ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौँ, २५ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । 

प्रहरीले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण देशभरमा ५१ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता र ७१ जना घाइते भएका छन् । यो तथ्याङ्क जेठ ३० गतेदेखि असार २४ गते बिहीबार दिउँसोसम्मको मात्र रहेकाले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 

मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, १० जना बालबालिका गरी ५१ जना रहेका छन् । बाढी पहिरोबाट सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला,अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोरोनाबाट पीडित नेपाली जनता बाढी -पहिरोले नराम्ररी थलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्