बेलबारीमा नेकपा (एमाले) नेपाल खनाल समूहको नगर कमिटी गठन


मोरङ, २५ असार । एमालेलाई फुटबाट जोगाउन केन्द्रमा दोस्रो पुस्ताका नेताहरू सक्रिय भइरहेको बेलामा देशका विभिन्न ठाउँमा भने पार्टीका समानान्तर गतिविधि भने रोकिएका छैनन् । 

यसैक्रममा मोरङको बेलबारीमा नेकपा एमाले नेपाल खनाल समूहले समानान्तर कमिटीको गठन गरेको छ । पिपि थापा मगरको संयोजकत्वमा गठित कमिटीको सचिवमा कमल कोइराला छन् । नव गठित नगर कमिटी २ सय ५१ सदस्यीय रहेको छ । 

नव गठित कमिटीको इन्चार्जमा राजेश बस्नेत र सह–इन्चार्जमा शङ्कर गुरुङ रहेका छन् । नवगठित कमिटीका सचिव कोइरालाले बिहीबार सार्वजनिक गरिए पनि कमिटीको गठन भने २२ गते नै गरिएको बताएका छन् । 

जिल्ला कमिटीको निर्देशनमै समानान्तर कमिटीको गठन गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्