एमालेलाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरू सक्रिय : नेता विष्ट भन्छन्–एमालेलाई फुट्न दिँदैनौँ’


 

काठमाडौँ, २४ असार । कानुनी रूपमा एक भए पनि राजनैतिक रूपमा दुई फ्याक भएको एमालेलाई बचाएर एउटा सिङ्गो पार्टी बनाउन यतिखेर दोस्रो पुस्ताका नेताहरू लागिरहेका छन् । 

झण्डै निस्कृयजस्तै बनेको कार्यदललाई पुनः सक्रिय गराएर सोही कार्यदलमार्फत एमालेलाई फुटबाट बचाउने प्रयासमा दोस्रो पुस्ताका नेताहरू लागेका हुन् । झण्डै पानी बाराबारकै अवस्थामा पुगेको पार्टी नेतृत्वलाई संवादको थालनीसमेत गराउन यिनै युवापुस्ताका नेताहरू सफल देखिएका छन् । 

सुरुदेखि नै फुटको पक्षमा नरहेको बताउँदै आएका नेकपा एमालेका दोस्रो तहको नेताहरू पछिल्लो समय सक्रिय भएर पार्टीलाई जोगाउने कार्यमा लागिरहेका छन् । कार्यदलका सदस्यसमेत रहेका युवानेता गोकर्ण विष्ट विवाद सामधान हुने र पार्टीलाई फुटबाट बचाउने दाबी गर्छन् । विष्ट माधव नेपाल पक्षीय नेताको रूपमा चिनिन्छन् । उनी एमालेका एक सालिन नेताका रुपमा चिनिन्छन् ।

कार्यदलको बैठक नियमित जसो बसिरहेको छ । आज सिंहदरबारमा बसेको कार्यदलको बैठक बेलुका ७ पुन : बैठक बस्ने बताइएको छ । प्रधान मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधव नेपालबिच भएको वार्ता विना निष्कर्ष टुङ्गिए पछि निरास युवा नेताहरू हरेस नखाई पार्टीलाई मिलाएरै छाड्ने ध्याउन्नमा लागेका छन् । 

त्यसो त पार्टी एक भएमा राजनैतिक नियुक्ति तथा अन्य सुविधाबाट विमुख हुने डरले पार्टीमा ओली र नेपालबिच फुट ल्याउनेको सङ्ख्या पनि उल्लेख्य रूपमा रहेको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्