राष्ट्रपति मोइजको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीको कारबाहीमा चार जनाको मृत्यु


काठमाडौँ, २४ असार । हेइटीका राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले गरेको कारबाहीमा परेर चार जनाको मृत्यु भएको छ । 

मोइजको हत्यामा संलग्न भएको आशङ्का प्रहरीले गरेको कारबाहीमा परेर चारको मृत्यु भएको बिबिसीले जनाएको छ । साथै प्रहरीले थप दुई जना व्यक्तिलाई गिरफ्तार गरेको छ । 

५३ वर्षी मोइजको बुधवार बिहानै घरमै गोली हानेर हत्या गरिएको थियो । उक्त घटनामा परी मोइजकी श्रीमती पनि घाइते भएकी थिइन । कार्यकाल सकिएपछि पनि असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै प्रदर्शन भइरहेको बेलामा उनको हत्या भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्