काठमाडौँ, २४ असार । कोरोका कारण भारतमा ४ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४० लाख नाघ्दा एसियाकै धैरै जनसङ्ख्या रहेको देशको रूपमा चिनिने भारतमा ४ लाख पाँच हजार २८ जनाको ज्यान गुमाएका छन् ।
यो कुल सङ्क्रमितमध्ये १.३२ प्रतिशत हो । भारतमा हालसम्ममा ३,०६,०९,५५७ सङ्क्रमित हुँदा २,९८,४३,८२५ निको भएका छन् । निको हुनेको दर ९७.१८ रहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४५,८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ४४,२९१ जना निको भएर घर फर्किएको तथ्याङ्कले देखाउँछ ।२८ वटा प्रान्त रहेको भारतमा महाराष्ट्रमा सबैभन्दा धेरैको कोरोनाबाट मृत्यु भएको छ भने सबैभन्दा कम मृत्यु हुनेमा लक्षदीप प्रान्त रहेको छ । महाराष्ट्रमा १,२३,८५७ जनाको मृत्यु हुँदा लक्षदीपमा भने ४९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।