आन्दोलनरत कर्मचारीको नाराबाजीले वायुसेवा निगमको कार्यालय तनावग्रस्त बन्दै


काठमाडौँ, २४ असार । वायुसेवा निगमलाई निजी–सार्वजनिक संस्थानमा लैजाने निर्णयको विरुद्धमा कर्मचारीहरू मङ्गलवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । 

कर्मचारीको आन्दोलनका कारण नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय सुनधारा तनावग्रस्त बन्न पुगेको छ ।ट्रेड युनियन सम्बद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी र जुलुस जारी राखेका छन् । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष सुभाष डाँगी बताउँछन् ।

कर्मचारीले महाप्रबन्धक पौडेलले नेपालकै इतिहास बोकेको वायुसेवा निगमलाई हवाई माफियाको हातमा सुम्पन खोजेको आरोप लाएका छन् । 

प्रतिक्रिया दिनुहोस्