काठमाडौँ, २४ असार । अघिल्लो दिन मात्र खुलाइएको नारायणगढ–मुग्लिङ सडक खण्ड पहिरोका कारण पहिरोले फेरि बन्द भएको छ । गए रातिदेखि सडक बन्द भए छि यात्रुवाहक सवारीसाधनहरू मात्र नभएर खाना पकाउने ग्याँस बोकेका बुलेटहरूसमेत रोकिएका छन् ।
पूर्व र पश्चिमलाई काठमाडौँसम्म जोड्ने मुख्य यो सडक हुँदै दैनिक रूपमा १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्ने गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
सडक विभागले नारायणगढ–मुग्लिङ सडक खण्डसहित देशभरका १३ वटा सडक खण्ड बन्द रहेको र ती बन्द सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।