खेलकुद महासङ्द्वारा बेलबारी स्पोर्टस क्लबलाई स्वास्थ्य सामग्री वितरण


बेलबारी, २३ असार ।  नेपाल खेलकुद महासङ्घले अप्सन स्पोटिङ क्लब बेलबारीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोभिडको विरुद्ध ‘नेकोसको आह्वान कोभिड–नो भिड’ अभियान अन्तरगत नेपाल खेलकुद महासँगका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले अप्सन क्लब बेलबारी अध्यक्ष एवम् नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य शीतल राय तथा अन्य सदस्यहरूलाई क्लबलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।                   

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बस्नेतले नेपाल खेलकुद महासङ्घले सरकारले अङ्गीकार गरेको “सुखी नेपाल, समृद्ध नेपाली“को नारालाई पुरा गर्न विभिन्न खाले अभियान सञ्चालन गरिरहेको बताए । 

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल खेलकुद महासङ्घ १ नं प्रदेश अध्यक्ष रोहित कोइराला, मोरङ जिल्ला अध्यक्ष सुरज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।         

प्रतिक्रिया दिनुहोस्