काठमाडौँ, २३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्या फेरि बढाएको छ । आयल निगमले मङ्गलवार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर बढाइएको छ भने अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा भने १९ डलर प्रतिकिलोमिटर बढाएको छ । त्यसैगरी खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ ।
मूल्यवृद्धि भएसँगै पेट्रोल एक सय २९, डिजेल र मट्टितेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । भने खाना पकाउने एलपी ग्याँसको मूल्य एक हजार चार सय २५ पुगेको छ ।
मूल्य समायोजनका नाममा सरकारले पेट्रोलियम पदार्थको मूल्य पटक पटक बढाउँदा सेवाग्राही भने मार्कामा पर्दै आएका छन् ।