बेलबारी, २२ असार । मोरङको सुनवर्षी नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिकामा –८ नारायण राजवंशीका ५ वर्षी छोरा उमंग राजवंशी रहेका छन् ।
मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङका अनुसार घरनजिक खेल्ने क्रममा पाँच वर्षीय उमंग पानी जमेको खाल्डोमा डुबेर सोमवार साँझ मृत्यु भएको थियो ।
डिएसपी मुकारुङका अनुसार खाल्डोभित्रै मृत्यु भएको अवस्थामा नाबालकको शव बाहिर निकालिएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।