विराटनगर, २१ असार । उपत्यताकामा झैँ मोरङ जिल्लामा पनि अब जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाताका लागि थपे पनि प्रावधानलाई भने केही खुकुलो पार्दै लगेको छ ।
भोलिदेखि भने बजार दिनैभर खुल्ला गरिएको छ भने सार्वजनिक सवारीसाधनले पनि जोरबिजोर प्रणालीमा चल्न पाउने भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मङ्गलवारबाट सार्वजनिक यातायातका साधन जोरबिजोरका आधारमा खुला गरिएको बताउँदै त्यसरी सञ्चालन गरिने सवारीसाधन जिल्लाभर मात्रै चल्न पाउने र लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको बताएका छन् ।
कोरोना सङ्क्रमण दर घट्दै गए पछि सरकारले निषेधाज्ञाको प्रावधान खुकुलो बनाउँदै लगेको छ ।