काठमाडौँ, २१ असार । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सोमबारदेखि बिजुली उत्पादन सुरु हुने भएको छ ।
राष्ट्रिय गौरवको रूपमा लिइएको यस योजनाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे श्रव्यदृष्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताएका छन् ।
यस आयोजनाको पहिलो युनिटबाट आजदेखि ७६ युनिट बिजुली उत्पादन हुने छ । साथै आयोजनाले यही असार मसान्तभित्रै अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको बताएको छ ।
आयोजनाबाट उत्पादित बिजुलीलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारीसमेत भइरहेको आयोजनाले जनाएको छ ।