दलहरूबिच सहमति नजुट्दा बागमती प्रदेशसभा बैठक अनिश्चित बन्दै


हेटौँडा, २० असार । दलहरूबिच सहमति जुट्न नसक्दा बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । दलहरूबिच सहमति जुट्न नसक्दा बैठक पटक पटक परसर्गै आएको छ ।

प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको थियो तर दलहरूबिच सहमति जुट्न नसक्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । बैठक सञ्चालन गर्न सभामुख सानुकुमार श्रेष्ठले गरेको प्रयास पनि सफल हुन सकेको छैन । 

प्रमुख प्रतिपक्षी दलहरूको अवरोध मात्रै नभएर सत्ता पक्षकै माधवकुमार नेपाल समूहलेसमेत बजेटलाई फेल गराउन लागिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्