बाढी–पहिरोबाट घर गुमाएका परिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दरले राहत प्रदान गर्ने


काठमाडौं, २० असार । बाढी–पहिरोका कारण घर गुमाएका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ । आइतबार राष्ट्रियसकभा बैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोबाट घर गुमाएका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराएका बताएका हुन् । 

यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी गराए ।

मन्त्री पौडेलले बाढी पहिरोबाट पूर्ण तथा आंशिक घर क्षति भएका परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले रकम जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने बताएका छन् । गृहमन्त्री पौडेलले असार १६ गते सम्मको तथ्याङ्क प्रस्तुत गर्दै सोही आधारमा ५७२ परिवारलाई दुई करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकेको पनि जानकारी गराए । 

विगत केही दिनदेखि अविरल रूपमा परिरहेको वर्षाका कारण बाढी तथा पहिरोबाट देशभरबाट ३९ जनाले ज्यान गुमाएका छन् भने ४६ जना बेपत्ता भएका छन् । 

प्रतिक्रिया दिनुहोस्