काकाले चलाएको ट्याक्टरले भतिजाको लियो ज्यान


बेलबारी, २० असार । मोरङको केराबारी गाउँपालिकामा आफ्नै काकाले चलाएको ट्याक्टरले भजिताको ज्यान लिएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिकाको वडा नम्बर ३ का दीपेन श्रेष्ठका छोरा दिवाङ्शु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

इप्रका केराबारीका इन्चार्ज शेरबहादुर पराजुलीले दिएको जनाकारी अनुसार शुक्रवार बिहान मृतकका काका सुनिल श्रेष्ठले चलाएको प्र.न.१-०-२००३ प ७४५ नम्बरको ट्याक्टरको ठक्करबाट दिवाङ्सुको मृत्यु भएको छ । खेतबारी जोतेर आफ्नै घर अगाडि राखेको छिमेकीको ट्याक्टर शुक्रवार बिहान सवेरै सुनिल श्रेष्ठ चलाएर घरको आँगनबाट हटाउन खोजेका थिए ।

ट्याक्टर सार्नेक्रममा घरको सिकुवामा खेलिरहेका भतिजालाई ट्याक्टरको टाउकाले हिर्काएर घाइते भएका थिए । मृतक दिवाङ्सु स्थानीय केयू एकेडेमीमा कक्षा एलकेजीमा अध्ययनरत थिए । 

घाइते दिवाङ्सुको उपचारका लागि लादै गर्दा बाटामा मृत्यु भएको इप्रका केराबारीका इन्चार्ज पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्