बेलबारी, २० असार । कोरोनाको जोखिम बढेसँगै बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्गलाई सिल गर्ने निर्णय भएको छ ।
शनिवार वार्ड कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले १ हप्ताका लागि वार्ड सिल गर्ने निर्णय गरेको वार्ड अध्यक्ष यमबहादुर पोखरेल (राजन) ले बताएका छन् । वडाध्यक्ष पोखरेलका अनुसार सिल आषाढ २० गते आइतबार राती १२ बजेदेखि २७ गते आषाढ सम्म रहने छ ।
यस अवधिमा बैङ्क, औषधी पसल र दूधडेरी बाहेक सम्पूर्ण संघसंस्था तथा यातायातका साधनहरू पूर्णरुपमा बन्द रहने छन् ।
यस वार्डमा कोरोनाको सङ्क्रमण उच्च देखिएको छ । एक सयभन्दा बढी कोरोना कङ्क्रमित सङ्ख्या रहेको यस वार्डमा कोरोनाबाट दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ ।