कोशी ब्यारेजमा रातो बत्ती बालियो : अहिलेसम्मकै बढी पानीको बहाव मापन


सप्तरी, १९ असार । केही दिनदेखिलगातार परिरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव हालसम्मकै उच्च मापन गरिएको छ ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।शनिवार बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव दुई लाख ३१ हजार ५१५ क्युसेक देखाएको छ । जुन यो वर्षको बढी बढी पानीको बहाव हो । पानीको बहाव बढ्दै गए पछि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । 

केही दिनदेखि लगातार रूपमा परिरहेको पानीले सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्