बेलबारी नगरपालिकाद्वारा उद्यमीहरूलाई प्रविधि हस्तान्तरण


बेलबारी, १९ असार । बेलबारी नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) परियोजनामार्फत उद्यमशीलताको क्षेत्रमा काम गर्ने नगरबासीहरूलाई प्रविधि हस्तान्तरण गरेको छ । 

उक्त कार्यक्रम मार्फत पहिलो चरणमा १६ सेट ढाका कपडा बुन्ने ठूलो तान उद्यमीहरूलाई प्रदान गरिएको बेलबारी नगरपालिकाले जनाएको छ । 

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रविधि हस्तान्तरण गर्दै आयआर्जनमार्फत जीवनस्तर माथि उठाउन शुभकामना दिएकी थिइन । 

नगरवासीहरू पनि नगरपालिकाबाट प्रविधि पाएर मख्ख थिए । बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८–०७८मा उद्यमशीलताको विकास गर्दै स्वरोजगारको सिर्जना गर्दै नगरबासीको जीवनस्तर माथि उठाउने नीति अघि सारेको छ । 

प्रतिक्रिया दिनुहोस्