देशका विभिन्न स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह


काठमाडौँ, १९ असार । केही दिनदेखिको निरन्तर परिरहेको वर्षा आज पनि कायमै देखिएकोले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको र प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश–२ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोसमेत विभागले जनाएको छ ।

केही दिनदेखि परिरहेको वर्षाका कारण बाढी पहिरो तथा डुबानमा परेर अहिलेसम्ममा ३४ जनाको मृत्यु भएको छ २४ जना बेपत्ता भइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्