एमालेद्वारा २३ जना निवर्तमान सांसदलाई सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन निर्देशन : हस्ताक्षर फिर्ता नलिए पार्टी एकहुन नसक्ने ठहर


काठमाडौं, १९ असार । नेकपा एमालेले नेपाल -खनाल पक्षलाई सर्वोच्च अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएको छ । शुक्रवार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त अल्टिमेटम दिएका हुन् ।  

बैठकले आफ्नो पार्टीका नेतृत्वमा रहेको सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने पक्रियामा सामेल हुनु संसदीय अभ्यासको विपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ । 

नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा बुझाइएको निवेदनमा नेकपा एमालेका नेपाल –खनाल पक्षीय २३ जना निवर्तमान सांसदहरूको हस्ताक्षर रहेको छ । बैठकले २१ गते साँझ ५ बजेसम्मको हस्ताक्षर फिर्ता गर्ने समय दिएको छ यदि उक्त समयभित्रमा हस्ताक्षर फिर्ता नगरे पार्टी एकता नहुने पनि बताएको छ ।

शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा नेपाल –खनाल पक्षको भने सहभागिता रहेको थिएन । 

प्रतिक्रिया दिनुहोस्