रुपन्देही, १८ असार । जनता समाजवादी पार्टी नेपालबाट मन्त्री भएकी सुमन शर्मा रायमाझीको राजीनामासँगै लुम्बिनी सरकार अल्पमतमापरेको छ । योसँगै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा परेका छन् ।
सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । ८३ सदस्य कायम रहेको लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसदमा जसपाका चार सांसदमध्ये एकजनाले साथ छाडेसँगै मुख्यमन्त्री पोखरेलको समर्थनमा अब ४१ जना सांसद मात्र रहेका छन् । बहुमत पुर्याउँन कम्तीमा ४२ जना सांसदको समर्थन आवश्यक पर्न जान्छ ।
राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् । सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । बहुमत गुमेको एक मिनेट सरकारमा नबस्ने बताउँदै आएका मुख्यमन्त्री पोखरेल भने रायमाझीको राजीनामासँगै नैतिक सङ्कटमा परेका छन् ।
प्रदेशसभाको बैठक असार २७ गते डाकिएको छ ।