बेलबारी, १८ असार । ट्रेड युनियन मोरङद्वारा स्थानीयपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । ट्रेड युनियनले मोरङको टिमले सबै स्थानीयपालिकालाई माक्स, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
कोरोना महामारीमा सहयोग पुगोस् भनेर स्थानीयपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिरहेको ट्रेड युनियन मोरङका अध्यक्ष फणीन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार मोरङका १६ वटै स्थानीय पालिकाहरू स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
उपप्रमुख ढाकाकुमारी पराजुलीले युनियनको टिमले उपलब्ध गराएको स्वाथ्य सामग्री बुझ्दै नगरपालिका कोरोनाको क्षतिलाई न्यूनिकरण गर्ने काममा लागिरहेको बताइन् ।