अग्रिम बस टिकट बुकिङ गर्न, काउन्टर छेउ मानिसहरू रात कटाउँदै


काठमाडौँ, ५ असोज । दसैँका लागि अग्रिम बस टिकट बुकिङ गर्न नयाँ बसपार्कमा काउन्टर छेउ मानिसहरू रात नै बिताउन थालेका छन् । अग्रिम बस टिकट बुकिङ आइतबार देखी खुलेको हो ।

नयाँ बसपार्कमा प्लास्टिकको ‘म्याट’ बोकेर आएका युवाको एक समूहले काउन्टर छेउमै रात बिताएको पाइयो । काउन्टर खुल्नासाथै दसैँमा घर जाने टिकट बुकिङ गर्ने उद्देश्यले उनीहरूले चिसो रात त्यही काटे ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आइतबार देखी अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । अग्रिम टिकटका लागि कोही हिजो रात देखी, कोही बिहानदेखि नै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ । घर जाने टिकट पाउन कति गारो छ भन्ने कुरा, टिकट बुकिङको लागी चिसो रात काट्ने युवाको समूहको उदाहरणबाट थाहा हुन्छ ।

यात्रुको सहजताको लागि उपत्यका १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्