काठमाडौँ, १८ असार । केही दिन देखि सक्रिय वर्षा आज झनै बढ्ने मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार नेपालमा मनसुनी वायु थप सक्रिय बन्दै गएकोले दिनभर वर्षा हुने सम्भावना बढेर गएको हो ।
शुक्रवार बिहान पाँचै प्रदेशका अधिकांक्ष स्थानमा वर्षा भइरहेको छ । दिउसो पनि देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अझै केही दिन निरन्तर झरी पर्ने सम्भावना रहेकोले नदीको बहाव बढ्ने, बाढी पहिरो जाने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ । केही दिन देखि लगातार रूपमा पानी पर्दा देशका धेरै स्थानमा डुलो क्षति पुर्याइसको छ ।