छोरी जन्माउने अभिभावकलाई पुरस्कृत गर्दै कानेपोखरी गाउँपालिकाका


कानेपोखरी, १७ असार । कानेपोखरी गाउँपालिकाले छोरी माथि हुँदै आएको विभेद अन्त्य गर्ने नीति अघि सारेको छ । दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीका छोरीलाई आर्थिक वर्ष २०७८–०७९मा जनही पाँच हजार पुरस्कार दिने व्यवस्था गरेको हो ।

५ गते गाउँसभामा प्रस्तुत भएर १३ गते नै पास भएको आर्थिक वर्ष २०७८–०८९ को बजेट, नीति तथा कार्यक्रममा लैगिंक विवेधको अन्त्य गर्दै छोरीले पनि आत्मसम्मानका साथ बाँच्न पाउने कार्यक्रम अघि सारेको थियो ।  

गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकी विगत लामो समयदेखि छोरी माथि हुँदै आएको विवेधको अन्त्य गर्ने अभिप्रायले बजेटमै यस्तो व्यवस्था गरिएको बताउँछन् । 

वाडाध्यक्ष बुढाथोकी पालिकाले दुई वा सो भन्दा बढी छोरी भई स्थायी परिवार नियोजन गर्ने दम्पतीका छोरीहरूका नाममा जनही पाँच हजार दिने व्यवस्था गरेको बताउँछन् ।  

यो नयाँ व्यवस्थाले कुप्रथाको रूपमा रहेको दाइजोको अन्त्य गर्न तथा समाजमा छोरीलाई हेरिने दृष्टिकोणमानसमेत परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले बताउँछन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको बजेट पारित भएको छ । पालिकाकाको यो कार्यक्रमको पछिल्लो समय सर्वत्र चर्चा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्