स्थायी कमिटीको बैठकमा सहभागिताको विषयलाई लिएर नेपाल–खनाल पक्षीय नेताहरू छलफलमा


काठमाडौँ, १७ असार । नेकपा एमालेले भोलिका लागि स्थायी कमिटीको बैठकको आह्वान गरेको छ । बुधवार बसेको एमाले दसौँ महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने निर्णयसँगै १८ गतेका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको हो ।

पार्टीलाई जेठ २ गतेको संरचना ब्युँताउने निर्णयपछि बोलाइएको बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिन नेपाल –खनाल पक्षीय नेताहरू यतिखेर छलफलमा जुटेका छन् । 

बैठकमा नेपाल– खनाल पक्षीय नेताहरू भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको बताइएको छ । 

आफूहरूकै मागअनुसार बोलाइएको बैठकमा सहभागी हुन नेपाल–खनाल पक्षीय नेताहरूलाई दबाब भए पनि उनीहरूको सहभागिता हुने वा नहुने भन्ने बारेमा यकिन भने भएको छैन । 

प्रतिक्रिया दिनुहोस्